कानुन व्यवसायी स्वागत नेपालको दाबी : छवि र शिल्पामा प्रेम थिएन (भिडियो सहित )



काठमाडौं : कानुन व्यवसायी स्वागत नेपालले पूर्वीय दर्शनले  विक्षेदलाई स्वीकार नगर्ने दाबी गरेका छन् । द नेपाल टपको कार्यक्रम  टि एन टि विशेष मा कुरा गर्दै उनले सम्बन्ध बिक्षद हुनै नसक्ने बताए । मन पराउनु, माया गर्नु र प्रेम गर्नु फरक भएको बताए । पछिल्लो समयमा सम्बन्ध बिक्षेदको विकृति फैलिएको बताए ।

पूर्वीय दर्शनमै नभएको सम्बन्ध विक्षद पछि मात्र सहजताकालागि नेपालमा भित्रिएको दाबी गरे । उनले श्रीमती बिरामी हुँदा अदालतमा मुद्धाहाल्ने श्रीमानलाई समाजले बहिष्कार गर्नुपर्ने धारण राखे । पछिल्ला केहिदीन यता सामाजिक सञ्जालमा भाइरल बनेको  नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाको सम्बन्धका विषयमा पनि बोलेका छन् ।

छविराज ओझाकी पूर्व पत्नी तथा नायिका रेखा थापाका कानुनी सल्लाहकार रहेका नेपाले शिल्पा र छविको सम्बन्धलाई अनावश्यक प्रचारबाजि भएको बताए । अब छवि र शिल्पाले आफूलाई बुझ्न जरुरी रहेको बताए । उनले छवि र शिल्पाले एक अर्कालाई मन मात्र पराएको तर माया भने नगरेको दाबी गरे ।

यसको पुरा भिडियो हेर्नकालागि तलको लिङकमा क्लिक गर्नुहोस् : 

प्रतिक्रिया दिनुहोस्