पर्सामा ग्रामोत्थान रिसोर्स सेन्टर शिलान्यास (फोटोफिचर)



पर्सा। एकल विद्यालय फाउनडेशन अफ नेपालले पर्साको पर्सागढी नगरपालिकामा स्थानीयको उत्थानको ग्रामोत्थान रिसोर्स सेन्टर (जिआरसी)  श्रीराम जानकी बगियाको शिलान्यास गरिएको छ। बरिष्ठ समाजसेवी एवं रामजानकी बगियाका अध्यक्ष जग्गादाता रामचन्द्र सर्राफले उपलब्ध गराएको करिब ३ बिघा जग्गामा ग्रामोत्थान रिसोर्स सेन्टर निर्माणको लागि शिलान्यास गरिएको हो।

पर्सागढी नगरपालिका वडा नम्बर ४ छटौलीमा निर्माण हुन लागेको रिसोर्स सेन्टरको शिलान्यास कार्यक्रमका प्रमुख अतिथि समाजसेवी एवं व्यवसायी ओरल्यान्डो, अमेरिका निवासी ब्रह्मरन्त अग्रवाल, विशिष्ट अतिथि विश्व हिन्दु परिषदका संयुक्त महामन्त्री बजरंगलाल बागडा, भुमिदाता रामजानकी बगियाका अध्यक्ष रामचन्द्र सर्राफले संयुक्त रुपमा शिलान्यास गरेका हुन।

एकल विद्यालय फाउन्डेसनका अध्यक्ष महाबिर घिराईयाले गा्रमोत्थान रिसोर्स सेन्टरले गाउँटोलको मात्र नभई पुरै देशको विकासमा योगदान पुर्‍याउने विश्वास लिएको बताए। उनले भने, ‘स्थापना गर्न लागिएको रिसोर्स सेन्टर मार्फत रोजगार मूलक सीप प्रदान गरी स्थानीयलाई आत्मनिर्भर बनाउने काम हुन्छ, जसले गर्दा गाउँटोलको मात्र विकास हुँदैन देशकै विकासमा योगदान पुर्‍याउन सकिन्छ।’ सेन्टर मार्फत स्थानीयलाई आत्मनिर्भर बनाउन स्वरोजगारको लागि कम्युप्टर, सिलाई कटाई, आफ्नो खेतबारीको उर्वराशक्ति कसरी बढाउन सकिन्छ भन्नेबारे तालिम प्रदान गरिने छ।

प्रतिक्रिया दिनुहोस्