मोहनामा डुबेर बेपत्ता ओलीको शव फेला 



कैलाली : धनगढी उपमहानगरपालिका फूलबारीस्थित मोहना नदीमा डुबेर बेपत्ता भएकाको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका १९ का कृष्ण अाेलीको शव बुधबार साँझ अबेर फेला परेको हो । अाेली मंगलबार बिहानदेखि मोहना नदीमा डुबेर बेपत्ता भएका थिए । 

 

शशस्त्र प्रहरी नेपालको गोताखोर टोलीले हिजो बेलुका ६ बजे शव निकालेको हो ।  घटनाको नेपाल प्रहरीले मुचुल्का उठाएर सब पोष्टमार्टमका लागि सेति अञ्चल अस्पतालको शव गृहमा राखिएको छ । 

 

शशस्त्र प्रहरी निरिक्षक पुरुषोत्तम भण्डारीको नेतृत्वमा २ जना गोताखोर सहितको टोली खोजी कार्यमा खटिएको शशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वाटर कैलालीका निमित्त प्रमुख डीएसपी बिष्णु भट्टले बताए ।

 

शशस्त्र प्रहरी नेपालको गोताखोर टोली बझाङस्थित सेती नदीमा डुबेर बेपत्ता भएका जवानको शव खोज्न सुदुरपश्चिम आएको निमित्त प्रमुख भट्टले जानकारी दीए ।

प्रतिक्रिया दिनुहोस्