३ इन्जिनियर १५ लाख घुससहित पक्राउ



काठमाडौं : कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इन्जिनियर १५ लाख घुससहित पक्राउ परेका छन्। अख्यितारको टोलीले शनिबार जलस्रोत तथा सिँचाइ विकास डिभिजन दोलखाका प्रमुख प्रकाश अधिकारी र जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र साह उक्त घुससहित पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनालाई हिरासतमा लिई आवश्यक अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाए। दोलखाबाट घुस रकम लिएर काठमाडौं आइरहेको सूचनाको आधारमा भक्तपुरको जगातीबाट उनीहरुलाई पक्राउ गरिएको कोइरालाले बताए। 

 

प्रतिक्रिया दिनुहोस्