युनाइटेडको लगातार तेस्रो जित, इन्टर मिलान पराजित



काठमाडौं : प्रि सिजन टुरमा रहेको इङ्लिस क्लब म्यानचेष्टर युनाइटेडले लगातार तेस्रो जित निकालेको छ। अष्ट्रेलियामा दुई अभ्यास खेल जितेर सिंगापुर पुगेको युनाइटेडले शनिबार संघर्षपूर्ण खेलमा इटालियन क्लब इन्टर मिलानलाई १–० ले पराजित गर्यो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको अन्त्यतिर युनाइटेडले गोल गर्दै जित निकाल्यो। युनाइटेडलाई जित दिलाउन मासन ग्रिनउडले गोल गरे।

परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका ग्रिनउडले ७६ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। यसअघि उसले लिड्स युनाइटेड र पेर्थ ग्लोरीलाई हराएको थियो।

प्रतिक्रिया दिनुहोस्