सिटीलाई हराउँदै उल्भ्सले जित्यो प्रिमियर लिग एसिया ट्रफीको उपाधि



काठमाडौं : इङ्लिस क्लब उल्भ्सले चीनमा सम्पन्न प्रिमियर लिग एसिया ट्रफीको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा अर्को इङ्लिस क्लब म्यानचेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै उल्भ्सले उपाधि जितेको हो।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समय थपिएको थियो। तर पनि दुवै टोलीले गोल गर्न सकेनन्। र, खेल पेनाल्टी सुटआउटमा गएको थियो। जसमा उल्भ्सले बाजी मार्यो।

पेनाल्टी सुटआउटमा सिटीका एलेक्स गार्सिया र डेनिलोले मात्र गोल गरे। इल्के गुन्डोगान, डेभिड सिल्भा र लुकास मेचा गोल गर्न चुके। यता, उल्भ्सका माक्स किलम्यान र कनर कोडीले पेनाल्टीमा चुक्दा रियान बेनेट्टी, टेर पेर्री र रुबेन भिनाग्रेले गोल गरेका थिए।

यसअघि फाइनल प्रवेश गर्नका लागि सिटीले वेस्टह्याम तथा उल्भ्सले न्यूकासललाई हराएका थिए।

प्रतिक्रिया दिनुहोस्