जिम्बावे ए विरुद्ध फिल्डिङ गर्दै नेपाल



काठमाडौं । टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गतको तेस्रो खेलमा नेपालले जिम्बावे ए विरुद्ध फिल्डिङ गर्ने भएको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार हुने खेलमा टस जितेसँगै नेपालले फिल्डिङ रोजेको हो ।

आज नेपाल आफ्नो पहिलो जितको खोजीमा रहेको छ । सिरिजअन्तर्गतको आइतबार पहिलो खेलमा नेपाल जिम्बावे ए टोलीसँग ६ विकेटले पराजित भएको थियो । सोमबार भएको खेल भने निरन्तर वर्षाका कारण रद्द भएको थियो ।

अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बावे ए टोलीसँग सिरिज खेल्न लागेको हो । तयारी सिरिजमा नेपाली र जिम्बावेबीच ३ एकदिवसीय तथा ३ टी–ट्वान्टी खेल्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्