भक्तपुरबाट बुद्धचित्तसहित ४ जना पक्राउ



काठमाडौं : प्रहरीले १०० किलोग्राम बुद्धचित्तसहित ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ बसुन्धरा बस्ने ४० वर्षीय शुक्र लामा, बसुन्धारा बस्ने दोलखाका २१ वर्षीय रोशन कार्की, बसुन्धारा बस्ने रामेछाप सुनापतीका २५ वर्षीय रुपेश लामा र ट्याक्सी चालक काठमाडौं कपन बस्ने सिन्धुली रानीबासका २१ वर्षीय बिनोद माझी रहेका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बाट बा२ज ५२२३ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा अवैध रुपमा ल्याएको बुद्धचित्तको दाना फेला पारेको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्