जिम्बावेबिरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल



काठमाडौं । दोस्रो एक दिवसीय खेलमा आज नेपाली राष्ट्रिय क्रिकेट टिमले जिम्बावे ‘ए’सँग खेल्दैछ । कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गरिरहेको छ । जिम्बावेले ब्याटिङ गरिरहेको छ।

आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग पराजित भएको थियो । त्यसैले आज नेपाल शृंखला बराबरीमा ल्याउने दाउमा हुनेछ ।

नेपाल शृंखला बराबरीमा ल्याउने लक्ष्यमा रहँदा जिम्बाब्वे भने जित निकाल्दै १ खेल अगावै शृंखलामाथि कब्जा जमाउन चाहन्छ । पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा सुशन भारी र आदिल अन्सारीलाई बेन्चमा राख्दा विनोद भण्डारी र सुनिल धमलालाई सेटमा राखिएको छ ।

यस्तो छ नेपाली टिम : 

सन्दीप लामिछाने (कप्तान)  मोहम्मद आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, सुनिल धमला ।

प्रतिक्रिया दिनुहोस्