तेक्वान्दोः थप २० खेलाडी छानिए



काठमाडौं । चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन शनिबार थप २० खेलाडी पहिलो चरणलाई छनोट भएका छन् ।
पहिलो दिन शुक्रबार २४ खेलाडी छनोट भएका थिए । कुल ४४ खेलाडीको छनोट गरिएको छनोट समितिका संयोजक समेत रहेका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । प्रत्येक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्ने खेलाडी प्रारम्भिक छनोटमा परेका हुन् ।
पुरुष ६८ केजीमुनि नेपाल प्रहरीका वीरबहादुर महरा, नेपाल आर्मीका सगुन श्रेष्ठ तथा बाग्मती प्रदेशका रोहित महर्जन र रञ्जित साउद छनोट भए । ६३ केजीमुनि प्रहरीका गोविन्दबहादुर आले, मधेस प्रदेशका विक्रान्त डंगोल, बाग्मतीका रोजिन बमजन र एपीएफका मोहम्मद रफिक छानिए ।
८० केजीमाथि आर्मीका भुपेन श्रेष्ठ, एपीएफका नीरज देउवा, बाग्मतीका मिलनकुमार बलामी र लुम्बिनी प्रदेशका आशुतोष बराल छनोट भए ।
एकल पुम्सेको पुरुषमा प्रहरीका कमल श्रेष्ठ, प्रहरीकै जितबहादुर बोट, आर्मीका कृष्णबहादुर तामाङ र प्रहरीका प्रेमबहादुर लिम्बू प्रारम्भिक छनोटमा अटाए ।
सो स्पर्धाको महिलामा प्रहरीकी पार्वती गुरुङ, प्रदेश १ की स्वस्तिका तामाङ, प्रदेश १ की सुशीला राई र आर्मीकी प्रशंसा क्षेत्री छानिए ।

प्रतिक्रिया दिनुहोस्