आर्मीको पुरुष टोलीलाई एनभीएको उपाधि



काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले पुरुष भलिबलको उपाधि जितेको छ । एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियन्ससिपको पुरुषतर्फको उपाधि आर्मीले जितेको हो ।
आर्मीले टिपटप हेल्प नेपाल क्लबलाई ३–१ सेटमा पराजित गर्दै प्रतियोगिताको छैटौं संस्करणको उपाधि आफ्नो पक्षमा पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुट परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न अन्तिम खेलमा पुलिसलाई २५–१३, २५–१८, २६–२८ र २८–२६ को सेटमा पराजित ग¥यो । उपाधिसँगै आर्मीले ६ लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै, उपविजेता बनेको टिपटपले ३ लाख प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्