एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली चीन जाने



काठमाडौं : नेप्लिज फेडरेसन अफ बडी बिल्डिङ तथा फिट्नेसका दुई खेलाडीसहित ४ सदस्यीय नेपाली टोली ५३ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी हुन बुधबार चीनको हर्बिन जाने भएको छ। 

जुलाई २६ देखि २९ तारिखसम्म हुने प्रतियोगिताको क्लासिक बडी बिल्डिङको १६३ सेन्टीमिटरमा रामहरि खनाल तथा ६५ केजीमा रामबहादुर दाहालले प्रतिस्पर्धा गर्ने छन्। उनीहरूलाई बडि बिल्डिङका प्रमुख प्रशिक्षक राजेन्द्र तुलाधरले प्रशिक्षण गराएको संघले जनाएको छ।

अफिसियलमा संघका महासचिव अजय वज्राचार्य तथा पूर्व अध्यक्ष शिवलाल श्रेष्ठ रहेका छन्। दुवैले प्रतियोगिता दौरान हुने कोंग्रेसमा पनि सहभागी हुने बताइएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच सोमबार बिदाइ गरे।

प्रतिक्रिया दिनुहोस्