स्वास्थ्य बिगार्ने यी चीज कहिल्यै नखानुस्



काठमाडाैं : हामी धेरैजसो स्वादे जिभ्रो नै हौं। स्वादिष्ट भोजनमा हाम्रो चरम रुचि छ। स्वास्थ्यलाई हानि गर्ने भएपनि जिभ्रोलाई नियन्त्रणमा राख्न नसकेर हामी कतिपय बजारिया खानेकुरा खाइरहेका हुन्छौं। बजारिया खानेकुरामा अनेक हानिकारक कुरा मिसाइएको हुन्छ जसको सेवनबाट व्यक्ति बिरामी हुन्छ।

आउनुस् जानौं यस्ता केही खानेकुरा :

कुकिज :- हामी प्याकेटमा बन्द गरिएको कुकिज रमाएर खान्छौं तर यसमा हाइड्रोजन प्रयोग गरिएका तेलका साथै बटर र चिनी प्रयोग गरिएको हुन्छ। अझ, रंग पनि हालिएको हुन्छ। यसले स्वास्थ्यमा खराब असर गर्छ।

फास्टफूड :- बजारमा बिक्री हुने फास्टफूडमा बिरामी गराउने कैयौं तत्व विद्यमान हुन्छ। यसमा सोडियम, चिनी, ट्रान्स फ्याट जस्ता तत्व अत्यधिक हुन्छ जसले स्वास्थ्यमा नकारात्मक असर पार्छ।

बटर (मक्खन) :- बटर किन्दा एकदमै ध्यान पु-याउनुपर्छ। आजकल बजारमा नक्कली बटर छ्यापछ्यापती पाइन्छन्। तिनमा कोलेस्ट्रोल, अनेकथरी रसायन र बोसो हालिएको हुन्छ।

गोलभेंडाको सस :- बजारमा पाइने गोलभेंडाको ससमा हानिकारक पदार्थ मिसाइएका हुन्छन् जसले तपाईंलाई तनाव, उच्च रक्तचाप र मुटुरोग लाग्छ। यसको साटो घरैमा गोलभेंडाको अचार बनाएर खानुहोस्।

सोडा :- बजारमा पाइने सोडामा तरल चिनी, गुलियो बनाउने रसायन र फस्फोरिक एसिड मिसाइएको हुन्छ जसले शरीरलाई ठूलो हानि गर्छ।

प्रतिक्रिया दिनुहोस्