विप्लवका दुई कार्यकर्ता पक्राउ



तनहुँ : नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई स्थानीय नेतालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सदस्य नेत्रबहादुर थापा र युवा सङ्गठनका जिल्ला सचिव विष्णुकुमार श्रेष्ठ रहेको जनाएको छ।

थापालाई व्यास नगरपालिका–२ स्थित गणेशमान चोकबाट र श्रेष्ठलाई व्यास नगरपालिका–३ स्थित मालपोत लाइनबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। पक्राउ परेका दुवै कार्यकर्ताको साथबाट पार्टीका पर्चा पम्पप्लेटलगायतका सामग्री प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्