अल जजिराकी पत्रकार शिरिनको इजरायली सेनाद्वारा गोली हानी हत्या



एजेन्सी । कतारको न्यूज च्यानल अल जजिराकी संवाददाता शिरिन अबु अकलेहलाईको गोलि हानी हत्या भएको छ । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकमा समाचार रिपोर्टिङको काममा रहेककी शिरिनलाई इजरायली सुरक्षा बलले गोली हानेर मारेको हो ।

अकलेह जेनिन शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमणको घटनालाई कभर गर्दै थिइन् । अल जजीराको वेस्ट बैंक संवाददाता निदा इब्राहिमले शिरिन अबु अकलेहको मृत्युको अवस्था स्पष्ट नभएको तर घटनाको भिडियोमा अबु अकलेहको टाउकोमा गोली लागेको देखिएको बताएकी छिन् ।

इब्राहिमले भनिन्, “अहिलेको लागि के थाहा छ भने प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले उनको मृत्युको घोषणा गरेको छ । शिरिन अबु अक्लेह जेनिनका घटनाहरू कभर गरिरहेकी थिइन् । विशेष गरी इजरायली कब्जा गरिएको वेस्ट बैंकको उत्तरमा रहेको एउटा शहरमा इजरायली सेनाले गरेको आक्रमणलाई कभर गर्दा उनको टाउकोमा गोली लागेको थियो ।’

प्रतिक्रिया दिनुहोस्