केहि चर्चित अभिनेताका श्रीमती, कसले के गर्छन ?



नेपालका चर्चित अभिनेताका श्रीमतीहरु जो फरक विधामा रहेका छन् । केहि स्थापित अभिनेताका श्रीमती कसले के गर्छन् भन्नेबारे यहाँ वर्णन गरिएको छ :

१. मधु भट्राई

Related image

जीवनको पाचौँ दशकमा आएर विवाह गरेका महा नायक राजेश हमालकी श्रीमती हुन् मधु भट्राई । राजेशले मोडल मधु भट्राईसंग विवाह गरेका हुन् । यो जोडीको उमेर अन्तराल २० वर्षभन्दा धेरै छ । मधुले मोडलिङ गर्ने क्रममा राजेशसंग भेट भएको थियो । विवाह अघिकी मोडल मधु विवाह पछि वैवाहिक जीवनमा मात्र सक्रिय छिन् । 

२. सरस्वती भट्ट 

Image may contain: 2 people, people smiling, people standing

अभिनेता विराज भट्टकी श्रीमती हुन् सरस्वती भट्ट । सरस्वती कुशल ग्रीहणी हुन् । यसका साथै यनी दुई सन्तान र घरको हेरचाह समय बिताउँछिन् । उनले विराजको करियर सफल हुन खुबै मिहेनत पनि गरेकी छिन् । नेपाली सिनेमामा राम्रै नाम र दाम कमाइरहेका बेला भोजपुरी सिनेमामा प्रवेश गरेका विराजलाई भोजपुरी सिनेमा गर्न भ्याइनभ्याइ छ । 

३. मन्जु रायमाझि

Related image

नेपाली सिने उघोगका लागि दर्जनौ हिट सिनेमा दिएका नायक दिलीप रायमाझिकी श्रीमती हुन् मन्जु रायमाझि । दिलीप रायमाझि यतिबेला सबपरिवार सहित अमेरिकामा रहेका छन् । दिलीपकी श्रीमती मन्जु हाउस वाइफ हुन् । उनीहरुको एम छोरी छिन् दिब्या रायमाझि । 

४. सपना सिग्देल 

Image may contain: 2 people, people smiling, people standing and eyeglasses

२०७१ साल वैशाख ६ गते विवाह बन्धनमा बाधिँएको जोडी हो आर्यन सिग्देल र सपना भण्डारी । सपनासंगको प्रेमले टुसा हाल्दा आर्यन भर्खर आफ्नो करियरको सुरुवात गरिरेका थिए । आर्यन अभिनयमा अब्बल छन् भने सपना अध्ययनमा अब्बल छिन् । उनले मानविकि विषयमा मास्टर्स गरिसकेकी छिन् । सपना आधिकारीक रुपमा कुनै अफिससंग जोडिएकी छैनन् तर उनी आफूलाई हाउसवाइफ भन्न पनि रुचाउँदिनन्, उनी फेसनेबल पनि छिन् । सपना र आर्यनले अहिले एक सन्तान जन्माइसकेका छन् । 

५. अन्जली लुइटेल

Image result for jeevan luitel and anjali luitel

अभिनेता जीवन लुइटेलकी श्रीमती हुन् अन्जली शर्मा । यी दुईको प्रेम विवाह भएको हो । अन्जली कुशल ग्रीहिणी हुन् । एक छोरा र एक छोरीकी आमा अन्जली लाइमलमइटमा आउन रुचाउँदिनन् । 

६. बेनुका राई

Image result for dayahang rai and benuka rai

चर्चित अभिनेता दयाहाङ राईकी श्रीमती हुन् बेनुका राई । दयाका लागि उनी श्रीमतीमात्र होइनन् साथी र घरपनि हुन् भनिन्छ । गायिका बेनुका राईले दयालाई त्यस बखत साथ दिएकी हुन् जब उनी सफल अभिनेता बन्ने दौडमा थिए । दयाको करियर सफल बनाउन बेनुकाले आफ्नो गायन पेशाबाट बिदा लिइन् । दयासैग भेट हुँदा बेनुका व्यसायिक गायिका बनिसकेकी थिइन् । लामो समयको प्रेमपछि उनीहरुको प्रेम विवाह भएको हो ।  हाल उनीहरुका एक छोरा छन् आन्दुहाङ । 

७. किरण उप्रेती

Image may contain: 2 people, people smiling, people standing and sunglasses

अभिनेता रमेश उप्रेतीकी श्रीमती हुन् किरण उप्रेती । किरण हाउस वाइफ हुन् । दर्जनौँ फिल्ममा काम गरिसकेका रमेशका प्रशंसकहरु धेरै छन् । 

८. एनी थापा 

Image result for binaya shrestha and yeni thapa

नायक विनय श्रेष्ठकी श्रीमती हुन् एनी थापा । तीन वर्ष एक अर्काको प्रेममा रमाएपछि विनय र एनीले विवाह गरेका हुन् । एनी ब्युटी थेरापिस्ट हुन् । 

यी हुन् केहि चर्चित अभिनेताका श्रीमतीहरु जो आफ्नो घरव्यवहार सम्हालेर बसेका छन् । 

प्रतिक्रिया दिनुहोस्