पूजाले फेरि लिइन् २० लाख पारिश्रमिक, निर्देशक भारतबाट आउने



काठमाडौं : नायिका पूजा शर्मा अहिलेकी जल्दोबल्दो नायिका हुन् । उनका फ्यानहरुले उनलाई निकै नै मन पर।उँछन् त्यो पनि उनका केटि फ्यानहरु प्रशस्तै छन् । 

    

चलचित्र ‘पोई पर्यो काले’का लागि नायिका पूजा शर्माले २० लाख पारिश्रमिक लिएसँगै उनको खुबै चर्चा भयो ।

यसैविच नायिका शर्माले दार्जिलिङका निर्माताले बनाउन लागेको नयाँ चलचित्रमा पनि काम गर्ने पक्का भएको छ । निर्देशक पनि भारतबाट नै आउने बताइएको छ ।

Image may contain: 1 person, closeup

यो चलचित्रका लागि पनि पूजाले २० लाख पारिश्रमिक लिएकी छिन् । पूजाले  भनिन्–‘निर्माता आएपछि कागजी सम्झौता हुन्छ । अहिले मैले पेश्की रकम लिएकी छु ।’ उनले सबै बिषयमा फाइनल कुरा भैसकेको सुनाइन् ।

Related image

चलचित्रका लागि नायक आकाश श्रेष्ठसँग पनि कुरा भैरहेको बुझिएको छ ।  चलचित्रलाई पूर्ण रुपमा लभ स्टोरी कथामा नै बनाउने तयारी गरिएको छ ।

यस वर्ष पूजाको ‘पोई पर्यो काले, म यस्तो गीत गाउँछु २ र सम्हालिन्छ कहिले मन’ रिलिज हुनेछन् । दार्जिलिङको नयाँ प्रोजेक्ट अर्को बर्ष रिलिज हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्