बालीको बिकिनी फोटोबारे साम्राज्ञीले खोलिन् मुख (फाेटाे सहित)



काठमाडौं : अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी इन्डोनेशियाको बालीको एक समुन्द्री किनारमा प्रेमी देवांश राणासँग देखिइन्। त्यहाँ उनीसँग खिचाएको रोमान्सका केही तस्वीरका कारण उनको आलोचना भइरहेको छ।

रातो बिकिनी लगाएको सार्वजनिक केही तस्वीरमा प्रेमी देवांशले उनको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका छन्। यो तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनलाई आलोचना देखि ट्रोल बनाएर उठाउनेसम्मका क्रियाकलाप भएका छन्।

केही दिन देखि लगातार भइरहेको आफ्नो आलोचनाको विषयमा अभिनेत्री साम्राज्ञीले मुख खोलेकी छन्। उनले सामाजिक सञ्जाल इंस्टाग्रामको स्टोरीमार्फत ‘हात्ती चले बजार, कुत्ते घुके हजार’ पोस्ट गर्दै यसको जवाफ दिएकी छन्। उनले घुमाउरो पारामा आफूलाई आलोचना गर्नेमाथि कुकुर घुक्दै जान्छ हात्ती लम्कदै जान्छ भन्न खोजेकी हुन्।

प्रतिक्रिया दिनुहोस्