छविराज ओझा र शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी



काठमाडौ : चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला अदालत, काठमाडौंले बहुविवाहसम्बन्धी कसुरका आधारमा थप अनुसन्धानका लागि दुवै जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी गरेको पुष्टि गरे । उनका अनुसार छवि र शिल्पाको खोजी कार्य शुरु भएको छ । निर्माता छविराज ओझाकी जेठी पत्नी हेमा ओझाले दिएको जाहेरीका आधारमा महिला सेल, कालीमाटीले अनुसन्धान शुरु गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्