म्युजिक भिडियोमा नेपथ्यको ‘रातो र चन्द्र सूर्य’ (भिडियाे सहित)



काठमाडौं : नेपालको चर्चित ब्याण्ड नेपथ्यले गोपालप्रसाद रिमालको कविता ‘रातो र चन्द्र सूर्य’ को म्युजिक भिडियो बजारमा ल्याएको छ। यो गीतलाई यसअघि अम्बर गुरुङले संगीतवद्ध गरेका थिए। राष्ट्रभक्तिको यो गीतमा गायक गुरुङ र फत्तेमानको स्वर थियो, जुन गीत रेडियो नेपालमा रेकर्ड गरी प्रसारण गरिएको थियो।

नेपथ्यले पुराना गीतलाई नयाँ संयोजनामा सजाएर बजारमा ल्याएको जनाएको छ। यो गीत नेपथ्यको ‘मेरो देश’ एल्बममा समावेश छ। भिडियोमा नेपथ्य ब्याण्डका लाइभ कन्सर्टहरु संयोजन गरिएको छ। गीतको भिडियो युट्युबमार्फत मंगलबार सार्वजनिक गरेको हो।

प्रतिक्रिया दिनुहोस्