अजयले ‘काजोलसँग बिहे’ गर्न यी नायिकालाइ धोका दिए !



काठमाडाैं : बलिउडमा नायक अजय देवगणको आफ्नो छुट्टै क्रेज छ। उनको एक्सन अवतारदेखि कमेडी शैलीलाई समेत दर्शकले तारिफ गरेको पाइन्छ। सन् १९९१ बाट चलचित्र क्षेत्रमा सक्रिय अजयको क्रेज अहिले पनि उस्तै छ। अजयले नायिका काजोलसँग बिबाह गरेका छन्।

उनीहरुको प्रेम बिबाह हो। दुई चलचित्र ‘हलचल र गुण्डाराज’मा एकसाथ काम गरेपछि उनीहरु एक–अर्काको प्रेममा परेका थिए। अजय देवगण शान्त स्वभावका थिए। काजोल चञ्चले थिइन्। उनीहरु बिल्कुलै फरक स्वभावका थिए। तर, यही फरक स्वभावले उनीहरुलाई एक गरायो।

अजय र काजोलले प्रेम प्रस्ताव राखेनन्। तर, दुबैलाई थाहा थियो कि उनीहरु एक–अर्कालाई प्रेम गर्छन्। त्यसैको नतिजा उनीहरुले बिबाह नै गरे। काजोलले नै अजयलाई बिबाहको प्रस्ताव गरेकी थिइन्। उनीहरुले सन् १९९९ को फेव्रुअरीमा बिबाह गरेका थिए। अजय र काजोलका अहिले दुई सन्तान छन्।

अजय र काजोललाई अहिले बलिउडको निकै सुन्दर जोडीका रुपमा हेर्ने गरिन्छ। तर, अजयको पहिलो प्रेम भने काजोल हैनन्। काजोल भन्दा पहिला नै अजय दुई नायिकाको प्रेममा परिसकेका थिए। अजय र रविना टन्डन प्रेममा थिए।

उनीहरु अभिनित चलचित्र ‘दिलवाले’ सुपरहिट भएपछि उनीहरुको प्रेम सुरु भएको थियो। तर, उनीहरुको प्रेम लामो समय टिक्न सकेन। उनीहरुको प्रेममा भिलेन बनेर आएकी थिइन्, अर्की नायिका करिश्मा कपूर।

रविना र अजय डेट गरिरहेको समयमा नै करिश्मा र अजयबीच प्रेम सुरु भयो। करिश्माको प्रवेशसँगै अजय र रविना टाढिदै गए। करिश्माको कारण अजय आफूसँग टाढा भएको थाहा पाएपछि रविना र करिश्मा बीच झगडा पनि भएको थियो। अजयले आफूलाई छोडेको भन्दै रविनाले एक पटक आत्महत्याको प्रयास पनि गरेकी थिइन्।

९० को दशकमा अजय र करिश्माको जोडी निकै सुपर हिट जोडी थियो। ५ चलचित्रमा एकसाथ काम गरेपछि अजय र करिश्माको प्रेम सुरु भएको थियो। तर, रविनालाई धोका दिएका अजयले काजोलको प्रवेशसँगै करिश्मालाई पनि धोका दिएका थिए।

प्रतिक्रिया दिनुहोस्