चलचित्र बैना बट्टाको गीत ‘तिमि सँग’ सार्बजनिक (भिडियो)



काठमाडौं : चलचित्र बैना बट्टाको पहिलो गित 'तिमि सँग' सार्बजनिक भएको छ । राज चाम्लिङको कथा निर्देशन रहेको सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र बैनाबट्टाको पहिलो गित 'तिमि सँग' ओएसआर डिजिटल बाट सार्बजनिक गरिएको छ ।

उक्त गीतमा दिपा लामा तथा सन्तोष राइको स्वर रहेको छ भने  देवेन्द्र नेम्बाङ्ग र कबिता राईलाई फिचर्ड गरिएको छ । नेपालको सुदुर पुर्वी जिल्लाहरुमा बसोबास गर्ने लिम्बु लगाएत आदिवासी समुदायमा रहेको एक प्रथा हो बैनाबट्टा । यसैको सेरोफेरो चलचित्रको बिषयबस्तु रहेको छ । 

यस चलचित्रको नृत्य निर्देशन कमल राई छायाँकन सम्पादन देबजँग थापाले गर्नु भएको छ भने बैनाबट्टमा देबेन्द्र नेम्बाङ, कबिता राई, बाबु मुक्तान, रस्मिला तामाङ, अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, रोमन सिंह लिम्बु, प्रकास थेबे कृष्ण राज नेम्बाङ र पुष्प राज आङबुहाङ लगाएतका कलाकारहरुको अभिनय रहेको छ । 

अशोज पहिलो हप्ता बाट नेपाल लगायत विभिन्न देशहरुमा प्रर्दशन गर्ने योजना रहेको निर्माता प्रेम लावतीले बताएका छन्   ।

प्रतिक्रिया दिनुहोस्