कैलालीको कैलारीमा राप्रपा अगाडि



कैलाली । कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवारले अग्रता लिएका छन् । वडा नम्बर १ को ५०० मत गणना सकिंदा राप्रपाका उम्मेदवार होमबहादुर गुरुङले १८३ मत पाएका छन् ।

उनीपछि कांग्रेसका बागी उम्मेदवार रामसमझ चौधरीले १४० मत पाएका छन् भने गठबन्धनका आधिकारिक उम्मेदवार माओवादी केन्द्रका लाजुराम चौधरीले १०० मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि राप्रपाकै उम्मेदवारले १६३ मतका साथ अग्रता लिएका छन् भने गठबन्धनकी उम्मेदवारले ११५ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्