गोदावरी नगरपालिका-२ मा कांग्रेसका मनोहरको जित



ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नं.२ मा नेपाली कांग्रेसले जित हात पारेको छ ।

परम्परागत वामपन्थी प्रभाव रहेको यस वडामा मनोहर सिलवालले सफलता पाएका हुन् । सिलवालले एमालेका पुष्कर गिरिलाई पराजित गरे । साबिकको विशंखु नारायण गाविस वडा नं २ मा कांग्रेस पहिलो पटक विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस्