भरतपुरमा रेनु र विजयबीच कडा टक्कर, उपमेयरमा अघि बढ्दैं चित्रसेन



चितवन । भरतपुर महानगरपालिकामा ५ हजार ६७७ मत गणना गर्दा मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेका विजय सुवेदीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी रेनुले दुई हजार ३८ मत ल्याउँदा एमालेका सुवेदीले एक हजार ९९८ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६६१ मत पाएका छन् ।

उपमेयरमा भने गठबन्धनका तर्फबाट कांग्रेसका चित्रसेन अधिकारीले दुई हजार २४० मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले एक हजार ६०२ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्