मै राजा तिमी मेरो रानी…



म कति जिद्दी छु तिमीलाई थाहा छ नि ! तिमीले पनि धेरै माया गर्छौ मलाई । तर मैले गर्ने माया केही हद भन्दा माथि छ जस्तो मलाई अनुभूत हुन्छ । तिमीप्रतिको गहिरो प्रेम शब्द लेखेर बयान गरेर काफि हुँदैन । मलाई थाहा छ, तिम्रो बारेमा जति लेखेपनि त्यो कम हुन जान्छ । तर, कहिल्यै नथाक्नेगरि म लेखिरहनेछु तिमीलाई अन्तिम पलसम्म :

Image result for मै राजा तिमी मेरो रानी

मानव जीवन ईश्वरको अमुल्य सृष्टि,त्यो भित्रको सुन्दर तिमी । 

भगवानले आमापछिदास्रो कुनै सृष्टि गरे त, त्यो हौ तिमी। 

मेरो आँखामा हेर तिमी मायाँको सागरमा डुब्नेछौ ।

यो धड्कनलाई महशुस गर तिमी, कति माया गर्छु आफै बुज्नेछौ ।

तिमी फिदा मेरो आवारापनमा, म फिदा तिम्रो पागलपनमा ।

यहाँ धड्कन मेरो त बढिसक्यो, कुन्नी के हुँदैछ त्यो मनमा । 

बिहानीको जोशमा तिमीलाई सम्झन्छु । 

परिश्रमी दिनको त्यो भोकमा तिमीलाई सम्झन्छु । 

मातिएको रात बेहोसमा तिमीलाई सम्झन्छु । 

हरिया पातहरुमा पाइने पवित्र सित हौ तिमी । 

तालु पोल्ने घाममा शितल छर्ने पवन मीत हौ तिमी । 

दिन ढलेसँगै गोधुली साझँमा गुनगुनाउने गीत हौ तिमी । 

हेरेक पल तिमीसँग बोल्न मन छ । 

तिम्रो दिलमा म छु, छैन सोध्न मन छ । 

निर्धक्क भई आँखामा आँखा जुधाइ, मायाँ गर्छु भन्न मन छ।

मनभित्र गुम्सिएका मेरा प्यार बाँड्न मन छ । 

अनी यादका ति पलहरु साट्न मन छ । 

कसैले भेट्न नसकुन त्यो दुरीमा भाग्न मन छ ।

कसैले समात्न नसकुन त्यो उचाइमा उढ्न मन छ ।

कसैले सम्झाउन नसकुन, हामी बाहेक पनि मान्छे छन् भनेर ।

त्यो विश्वासमा संसारै भुल्न मन छ ।

यी अंगालोमा तिमीलाई भर्न मन छ ।

सारा खुशी तिमीसँग साट्न मन छ ।

बिहानीको कफी, साझँको मदिरा, तिमीसँगै चाख्न मन छ ।

लुकाएर दुनियाँबाट तिमीलाई, यी आँखामा राख्न मन छ ।

यदी तिमी, तिमी नै नभए के अर्थ मेरो।

कुनैपनि पलबिनाकाल मर्न मन छ ।

देख्नेले देखुन, सुन्नेले सुनुन, अनी लेख्नेले लेखुन हाम्रो काहानी ।

मै राजा तिमी मेरो रानी ।।

. बिज्ञान पुरी 

प्रतिक्रिया दिनुहोस्