कञ्चनपुरको बेदकोटमा कांग्रेस विजयी



कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। प्रमुखमा भोजराज बोहरा र उपप्रमुखमा तुलसीदेवी जोशी निर्वाचित भएका हुन् । बोहराले ८ हजार ७८ मत प्राप्त गर्दै जीत हात पारे।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सुशीला सिंहले ४ हजार ७४० मत प्राप्त गरिन् । एकीकृत समाजवादीका रामचन्द्र रेग्मीले ३ हजार ८९८ मत प्राप्त गरे । यसैगरी उपप्रमुखमा निर्वाचित जोशीले ७ हजार २५४ मत प्राप्त गरिन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी पार्वती भट्टले ५ हजार ७२७ मत प्राप्त गरिन् । माओवादी केन्द्रकी हिरा जैशीले ३ हजार ६५२ मत प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्