भाडाको विषयलाई लिएर खुकुरी प्रहार



काठमाडौं : धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा कागेश्वरी मनहरा नगरपालिका-७ मुलपानी पिपलवोट बस्ने सुनसरी बराह नगरपालिका-७ घर भएका ३५ वर्षीय लावण्डे राज दाहाललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

भाडाको विषयलाई लिएर दाहालले सोही स्थान बस्ने नुवाकोट घर भएका २१ वर्षीय गल तामाङ र १९ वर्षीय विनोद तामाङलाई खुकुरी प्रहार गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले दाहाललाई खुकुरी सहित पक्राउ गरेको हो।

खुकुरी प्रहारबाट घाइते भएका दुबै जनाको स्थानिय मेडिकलमा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्