६९४ तहको मत परिणाम सार्वजनिक, यस्तो छ नतिजा



काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ ।

देशभरका ७ सय ५३ स्थानीय तह मध्ये ६ सय ९४ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेसले ३ सय ८ स्थानीय तहमा जित हासिल गरेको छ भने १९ स्थानमा अग्र स्थानमा रहेको छ ।

यस्तै नेकपा एमाले १ सय ८८ पालिकामा विजयी हुँदा १८ स्थानमा अग्रस्थानमा छ । माओवादी केन्द्रले १ सय १९ स्थानमा जित हाँसिल गरेको छ भने २ स्थानमा अगाडी रहेको छ ।

अन्य तर्फ २७ जनाले स्थानीय तह प्रमुख पदमा जितेका छन् भने ५ स्थानीय तहमा अगाडी छन् । जनता समाजवादी पार्टी (जसपा)ले २५ स्थानमा जित निकालेको छ भने ७ स्थानमा अगाडी रहेको छ । नेकपा एकीकृत समाजवादीले १७ स्थानमा जितेको छ भने २ स्थानमा अगाडी रहेको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १० स्थानमा विजयी हुँदा ४ स्थानमा अगाडि छ । अब ६९ पालिकाको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्