काठमाडौंको उपमेयरमा एमालेकी उम्मेदवार सुनिताको अग्रता कायमै



काठमाडौं । काठमाडौं महानगरपालिकामा उपमेयरको पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको अग्रता कायमै राखेकी छन् । उनले २६ हजार आठ सय ८७ मतको अग्रता लिइरहेकी छन् ।

अहिलेसम्म भएको गणनाअनुसार डंगोलले ४० हजार पाँच सय २४ मत प्राप्त गरेकी छन्। गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १३ हजार ६ सय ३७ मत प्राप्त गरेर दोस्रो स्थानमा छिन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिनिता मगैयाले आठ हजार चार सय एक मत प्रप्त गरेर तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्