७१३ तहको अन्तिम नतिजा, कुन पार्टीले कतिमा जिते ?



काठमाडौं । स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुुगेको छ । हालसम्म ७ सय १३ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।

जसमध्ये नेपाली कांग्रेसले ३ सय १३ तह जित हासिल गरेको छ भने १२ स्थानमा अग्रस्थानमा रहेको छ । यस्तै नेकपा एमाले १ सय ९३ पालिकामा विजयी हुँदा १३ स्थानमा अग्रस्थानमा छ । माओवादी केन्द्रले १ सय २० स्थानमा जित हासिल गरेको छ भने २ स्थानमा अगाडि रहेको छ ।

जनता समाजवादी पार्टी (जसपा)ले २९ स्थानमा जित निकालेको छ भने २ स्थानमा अगाडि रहेको छ । अन्य तर्फ २८ जनाले स्थानीय तह प्रमुख पदमा जितेका छन् भने ३ स्थानीय तहमा अगाडि छन् । नेकपा एकीकृत समाजवादीले १७ स्थानमा जितेको छ भने २ स्थानमा अगाडि रहेको छ ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १३ स्थानमा विजयी हुँदा ४ स्थानमा अगाडि छ । अब देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ४० स्थानको मात्र अन्तिम परिणाम आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्