रोहित इन्डोनेसियाको पर्सिक कडिरीमा अनुबन्ध



काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य रोहित चन्दले इन्डोनेसियन क्लब पर्सिक कडिरीमा अनुबन्ध भएका छन्।

आइतबार लिगा वानको क्लब पर्सिकले रोतिहलाई अनुबन्धन गरेको जनाएको हो। उसले लेखेको छ, ‘स्वागत छ हिमालय ह्वाइट टाइकर।’

यस अघि शनिबार पूर्व क्लब पर्सिजा जाकर्ताले रोहितले क्लब छोड्ने पुष्टि गर्दै बिदाइ भिडियो सार्वजनिक गरेको थियो। सन् २०१७ मा दोस्रो पटक जाकार्तासँग जोडिएका रोहितले ११९ खेल खेल्दा १० गोल र ८ अशिष्ट गरेका छन्।

यस अवधिमा रोहितले जाकार्ताबाट एक घरेलु लिगसहित ३ उपाधि जिते। सन् २०१८ मा उनी लिगको उत्कृष्ट खेलाडी घोषित भएका थिए।

रोहितले सन् २०१३ देखि २०१५ सम्म पहिलो पटक जाकार्ताबाट खेलेका थिए। इन्डोनेसियामा रोहितले खेलेको यो तेस्रो क्लब हो। सुरुमा उनले पीएसपीएस पेकेनबारुबाट खेलेका थिए।

स्रोतका अनुसार ३० वर्षे रोहितले ३ वर्षको सम्झौता गरेका छन् । हाल रोहित नेपालमै रहेका छन्। पछिल्लो समय प्रशिक्षक खेलाडी विवादका कारण रोहित टिम बाहिर छन्।

प्रतिक्रिया दिनुहोस्