कांग्रेस पहिलो दल बन्दा एमाले दोस्रो र माओवादी तेस्रो



काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म ७ सय १८ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेस पहिलो दल बनेको छ भने एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दल बनेको छ ।

यस्तै जनता समाजवादी पार्टी चौथो स्थानमा रहँदा एकीकृत समाजवादी पार्टी प्रमुख तथा अध्यक्षमा जित संख्याको आधारमा पाँचौं स्थानमा देखिएको छ ।

जसमध्ये नेपाली कांग्रेसले ३ सय १४ तह जित हासिल गरेको छ भने ११ स्थानमा अग्रस्थानमा रहेको छ । यस्तै नेकपा एमाले १ सय ९५ पालिकामा विजयी हुँदा ११ स्थानमा अग्रस्थानमा छ । माओवादी केन्द्रले १ सय २० स्थानमा जित हासिल गरेको छ भने २ स्थानमा अगाडि रहेको छ ।

जनता समाजवादी पार्टी ९जसपा०ले २९ स्थानमा जित निकालेको छ भने २ स्थानमा अगाडि रहेको छ । अन्य तर्फ २९ जनाले स्थानीय तह प्रमुख पदमा जितेका छन् भने २ स्थानीय तहमा अगाडि छन् । नेकपा एकीकृत समाजवादीले १७ स्थानमा जितेको छ भने २ स्थानमा अगाडि रहेको छ ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० १४ स्थानमा विजयी हुँदा ३ स्थानमा अगाडि छ । निर्वाचन आयोगका अनुसार अझै ३५ स्थानीय तहको मतपरिणाम घोषणा हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्