सिरी `ए´ को उपाधि एसी मिलानलाई



काठमाडौं । अन्तिम खेलमा सासोउलोलाई ३-० अन्तरले पराजित गर्दै एसी मिलानले इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ। आइतबार रातिको जितसँगै मिलानले ११ वर्षपछि लिगको उपाधि जितेको हो।

यस्तै मिलानले सिरी ए को उपाधि १९ औं पटक जितेको हो। मिलानको जितमा ओलिभर जिरुडले दुई गोल गरे। यस्तै फ्रान्क केस्सीले एक गोल गरे । जितसँगै मिलान ३८ खेलबाट ८६ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । सासोउलो ५० अंक जोडेर ११ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्