‘पासवर्ड’ को फस्ट लूक सार्वजनिक



काठमाडौं : अनुपविक्रम शाही अभिनित फिल्म ‘पासवर्ड’ को फस्ट लूक सार्वजनिक गरिएको छ। निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा अनुपविक्रम शाहीलाई हाइलाइट गरिएको छ। यस्तै पोस्टरमा अर्का अभिनेता विक्रम जोशी पनि अटाएका छन्  यो फिल्ममा अनुपविक्रम शाहीलाई खलनायकका रुपमा देखिनेछन् । चलचित्र ‘कृ’ मा खलपात्रको भूमिकामा देखिँदा उनको चर्चा भएको थियो।

भदौ २७ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा बलिउड अभिनेत्री सनी लियोनीलाई पनि देख्न सकिनेछ। फिल्मको एक गीतमा सनी लियोनीले आइटम डान्स गरेकी छिन्। सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो फिल्ममा विक्रम र अनुपका अलावा बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा लगायतका कलाकारले समेत अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्