हेर्नुस् ‘केजीएफ २’ मा सञ्जय दत्तको फस्ट लूक सार्वजनिक



एजेन्सी : दक्षिण भारतीय सुपरस्टार यशको पछिल्लो फिल्म ‘केजीएफ’ ले बलिउडमा समेत तहल्का मच्चायो। यो फिल्मलाई दर्शकले खुबै मन पराए। फिल्मले बक्स अफिसमा २ सय ५० करोडको व्यापार गर्‍यो। यो कन्नड सिनेमा सबैभन्दा हिट फिल्ममा एक बन्न सफल भयो।

मेकर्सले हालै ‘केजीएफ २’ को फस्ट लूक सार्वजनिक गरेका छन्। बलिउड अभिनेता सञ्जय दत्तको जन्मदिन पारेर फिल्मको पोस्टर सार्वजनिक गरिएको हो। फस्ट लूकमा सञ्जयलाई खतरनाक भूमिकामा देखाइएको छ। फिल्ममा उनले भिलेनको भूमिका निभाउनेछन्।

केही दिनअघि फिल्म निर्माण टिमले एक टिजर पोस्टर पनि सार्वजनिक गरेको थियो। उक्त पोस्टरमा अधिराको झलक देखाइएको थियो। तर, अधिरा को हुन् भन्ने खुलाइएको थिएन। यो फिल्मको पहिलो भागपछि यसको सिक्वेलको दर्शकलाई लामो समयदेखि प्रतीक्षा छ। यो फिल्म सन् २०२० मा रिलिज हुँदैछ। नेपालमा पनि यो फिल्मले ५१ ‌औँ दिन मनाएको थियो।

प्रतिक्रिया दिनुहोस्