७४१ पालिकाको अन्तिम नतिजा : कुन दलले कति जिते ?



काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म ७५३ स्थानीय तहमध्ये ७४१ वटामा मतगणना सम्पन्न भएको छ ।

मतगणना सम्पन्न भएका पालिकामा सबैभन्दा बढी प्रमुख तथा अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । कांग्रेसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् । मतगणना सम्पन्न भएका पालिकामध्ये ३२२ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी बनेका छन् ।

यस्तै, हालसम्मको परिणाम अनुसार एमालेका २०२, माओवादी केन्द्रका १२१, जसपाको ३०, एकीकृत समाजवादीको १९ र लोसपाको १६ जना उम्मेदवार पालिका प्रमुख तथा अध्यक्ष पदमा विजयी बनिसकेका छन् । अन्य दल तथा स्वतन्त्र रुपमा उम्मेदवारी दिने १९ जना पनि पालिका प्रमुख तथा अध्यक्षमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्