काठमाडौंको उपमेयरमा सुनितालाई झन्डै ४० हजार मतको अग्रता



काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार डंगोलले ६० हजार ६ सय ७५ मत ल्याएकी छन्। यो एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा ३९ हजार ९ सय ८९ मतले धेरै हो । श्रेष्ठले अहिलेसम्म २० हजार ६ सय ८६ मत पाएकी छन्।

यस्तै, महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अर्थात् बालेनले २० हजार मतको अग्रता कायम राखेका छन्। १ लाख ६६ हजार ३१३ मत परिणाम भइसक्दा साहले प्राप्त गरेको मत ५४ हजार २१३ पुगेको छ ।

कांग्रेस उम्मेदवार सिर्जना सिंहले बालेनलाई पछ्याइरहेका छन् । एमालेका उम्मेदवार केशव स्थापित मेयरको दौडमा तेस्रो स्थानमा छन्। सिर्जना सिंहले ३४ हजार १८० मत पाएकी छन्। सिंह साहभन्दा २० हजार ३३ मतले पछाडि छन्। यस्तै एमालेका केशव स्थापितले ३३ हजार ६०९ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्