काठमाडौं १६ को अध्यक्षमा पुनः रिजाल निर्वाचित



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा पुनः मुकुन्द रिजाल निर्वाचित भएका छन् । नेकपा एमालेका लक्ष्मी रत्न तुलाधरलाई पराजित गर्दै नेपाली कांग्रेसका रिजाल दोस्रो कार्यकालका लागि वडाध्यक्षमा विजयी भएका हुन् ।

रिजालले ४ हजार १९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी तुलाधरले ३ हजार ३१० मत पाए । दुई उम्मेदवारबीचको मतान्तर ७०९ रहेको छ।

यस्तै तेस्रो स्थानमा रहेका नेकपा एकीकृत समाजवादीका लक्ष्मण गमालले १ हजार ५८९ मत पाउँदा राप्रपाका बिन्दिका गुरुङलाई ५५७ मत प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । ९ जना उम्मेदवार रहेको वडा नम्बर १६ मा ३ जना उम्मेदवारले भने १०० मत पनि कटाउन सकेनन् ।

वडा नम्बर १६ को अध्यक्षमा यसअघि पनि रिजाल नै थिए भने उनी काठमाडौं काठमाडौं क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापति समेत हुन् । विजय भएसँगै रिजालले अघिल्लो ५ वर्षे कार्यकालमा सम्पन्न गर्न नसकेका कामलाई निरन्तरता दिँदै अन्य केही नयाँ काम पनि गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्