आफ्नो जमिन निःशुल्क सरकारको नाममा गर्ने यी दानवीर 



कैलाली : बझाङको बुङगल नगरपालीका–११ का स्थानीय २ जनाले आफ्नो नाममा रहेको जमिन निःशुल्क सरकारको नाममा गरेका छन्।

नगरपालिका–११ मुडेलिमाण्डौंका स्थानीय कर्ण बोहरा र धनबहादुर बोहराले आफ्नो नाममा रहेको झण्डै २.७५ रोपनी जमिन वडा कार्यालयको भवन निमार्णको लागी दान गरेका हुन्।

आफूहरूले लोभलालच र स्वार्थको भावनालाई त्यागेर निस्वार्थ मनले जग्गा दान गरेको धनबहादुर बोहराले बताए। स्थानीय तह बनेको झण्डै तीन वर्ष पुग्नै लाग्दा जग्गा अभावले नबनेको वडा कार्यालयको भवन उनीहरूले जग्गा दान गरेसँगै बन्ने भएको छ।

भवन अभावकै कारण हालसम्म भाडाको घरमा वडा कार्यालय चलाइरहेको वडाध्यक्ष राम बोहराको भनाई छ। गतवर्ष वडा कार्यालय भवन निमार्णको लागी बजेट विनियोजन भए पनि जग्गा अभावका कारण बन्न सकेको थिएन।

उनीहरूको यो सामाजिक भावनाप्रति वडाध्यक्ष बोहराले धन्यवाद दिएका छन्। यस्तै बुङगल नगरपालिकामा जग्गा अभावकै कारण कुनै पनि वडा कार्यालय विस्तार हुन सकेका छैनन्। 

प्रतिक्रिया दिनुहोस्