‘१० ग्राम सुन पाउने बम्पर अफर’ भन्ने मेसेज आए लिङ्क नखोल्नु : प्राधिकरण



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलमा ‘१० ग्राम सुन पाउने बम्पर अफर’ भनेर एसएमएस आएमा लिङ्क नखोल्न आग्रह गरेको छ ।

मंगलबार एक सूचनामार्फत प्राधिकरणले एसएमएस कसले पठाएको भन्नेबारे अनुसन्धान भइरहेको र एसएमएसको लिङ्क नखोल्न सेवाग्राहीलाई आग्रह गरेको छ ।

पछिल्लो समय नेपाल टेलिकमका नम्बरहरूमा एउटा लिङ्क पठाएर त्यसमा क्लिक गरेर २० रुपैयाँमा प्रत्येक हप्ता १० ग्राम सुन जित्ने अवसर रहेको भनी भ्रमपूर्ण मेसेज पठाउने गरिएको प्राधिकरणले जनाएको छ । यसबारे अनुसन्धान थालिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्