बझाङका एक बालक बेपत्ता



कैलाली । बझाङका एक बालक बेपत्ता भएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका–१ कैलासका मधेश शाहीका ९ वर्षीय छोरा धरेन्द्र शाही ४ दिनदेखि बेपत्ता भएका हुन् ।

उनी मष्टा गाउँपालिका–१ मा पर्ने घोणकोटको जंगलबाट गत जेठ १४ गते शनिबार बेपत्ता भएका बताइएको छ। धरेन्द्र आफ्ना ठूलाबुवा शेरबहादुर शाहीसँग गोठालो गएका बताइएको छ। भैँसी फर्काउन करिब २० मिनेट टाढा गएका शेरबहादुर फर्कने बेला धरेन्द्र त्यहाँ नभेटिएको उनकी फुपू विष्ना शाहीले बताइन्।

उनी हराएको प्रहरीमा खबर गरिएपछि स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाको टोली खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले बताए। कहीँ कसैलै देखे वा भेटे नजिकैको प्रहरीचौकीमा बुझाइदिन समेत धरेन्द्रका आफन्तले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्