सुन, चाँदीको मूल्य घट्यो 



काठमाडौं : आज (बिहिबार) सुनको भाउ ओरालो लागेको छ । सुनको भाउ रु ४०० घटेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार, सुन ताेलाकाे ६५ हजारमा कारोबार भएको छ । बुधबार सुनको भाउ ६५ हजार ४०० मा कारोबार भएको थियो । 

यस्तै बुधबार चाँदी रु ७८० मा कारोबार भएकोमा बिहीबार ७७० मा कारोबार भएको महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्