घाटमा पुर्‍याएर अस्पताल फर्काइएकी नर्मताको १० दिनपछि मृत्यु



पाल्पा : घाटमा पुर्‍याएर पनि उपचारका लागि अस्पतालमा फर्काइएकी नर्मता ज्ञवालीको उपचारकै क्रममा बिहीबार निधन भएको छ। पाल्पाको रैनादेबी छहरा गाउँपालिका १ की ३६ वर्षीय नर्मताको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको अस्पतालले जनाएको छ।

६ गते अस्पताल भर्ना भई उपचार भइरहेको ज्ञवालीको १० दिनपछि मृत्यु भएको लुम्बिनी मेडिकल कलेज प्रभासका सूचना अधिकारी कृष्ण पराजुलीले बताए। यसअघि झाडापखालाबाट सिकिस्त उनको १२ दिनसम्म उपचार भएको थियो।

रोगले झन् च्याप्दै गएपछि आफन्तले माया मारेरै ६ गते अस्पतालबाट डिस्चार्ज गरी घर फर्काउने भन्दै रिडिघाट र्पुयाएर कालीनदीमा अर्धजल चढाएका थिए। खुट्टाको औला नदीमा डुबाएपछि नर्मताको होस आएको भन्दै उनका आफन्तले उपचारका लागि फेरी अस्पताल ल्याएका थिए।  

 

प्रतिक्रिया दिनुहोस्