हेटौँडामा बोलेरो गाडी दुर्घटनामा परी चालकको मृत्यु



हेटौँडा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा–३ को तीनताप्के भन्ने ठाउँमा कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा बोलेरोका चालकको मृत्यु भएको छ।

शुक्रबार दिउँसो बस्तिपुरबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ च ३६२७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा हेटौँडा–६ का ३३ वर्षीय गोपाल दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्