भीरबाट खसेको ढुंगा लागेर १ जनाको मृत्यु



काठमाडौं । भीरबाट खसेको ढुंगा लागेर शुक्रबार गोरखाको धार्चे गाउँपालिकामा १ जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा धार्चे–३ उहियाका २० वर्षीय धनबहादुर गुरुङको ज्यान गएको हो।

भीरबाट खसेको ढुंगा लागेर गुरुङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) लीलाराज लामिछानेले बताए।

प्रतिक्रिया दिनुहोस्