अछाममा घाँस काट्न गएकी बालिकाकाे लडेर मृत्यु



अछाम : अछाममा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थानका मिन बहादुर चलाउनेकी १६ वर्षिया चेतना चलाउने मृत्यु भएको हो ।

 

घरबाट खर काट्न गएकी चेतना शनिबार दिउँसो १ बजे वडाको भन्डाराखोला माझकाे भिरबाट खसेर मृत्यु भएकाे परिवारले जनाएको छ । भिरबाट करिब २० मिटर तल खसेकी चलाउनेको टाउकोमा गम्भीर चोट लागेका कारण घटना स्थलमै ज्यान गएको हो ।

 

मृतक चलाउनेकी आमा र भाउजुसँगै भिरमा घाँस काट्न गएकी भएपनि उनीहरुले खसेपछि मात्र थाहा पाएकाे बताएका छन् । मृतक चलाउने विद्यामन्दिर माद्यामिक विद्यालय विनायकमा कक्षा ९ मा अध्ययन थिइन । 

प्रतिक्रिया दिनुहोस्