पार्किङ गरी राखिएको कारमा आगजनी 



धनगढी : कैलाली गादावरी नगरपालिका ७ लालपुरमा अज्ञात समूहले घर अगाडि पार्किङ गरेको कारमा आगजनी गरेको छ ।

सोही नगरपालिकाका तिलकबहादुर शाहीले घर आगाडि पार्किङ गरेको कारमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको हो ।   

पार्कीङ गरेको बा १५ च ४०९९ नम्बरको कारमा आगजनी भएको प्रहरीले जनाएको छ ।

आगजनीबाट कारको पूर्णरुपमा जलेर नष्ट भएको र आगलागी कसले, किन गरेको भन्ने बारे खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

उनले कारमा आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको बताए । 

प्रतिक्रिया दिनुहोस्