बाँकेमा २ वटा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु



बाँके । बाँकेको कोहलपुर नगरपालिका–१२ चप्परगौडीमा गएराती २ ओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

चप्परगौडीबाट कोहलपुरतर्फ जाँदै गरेको भे १२ प ३३९८ र विपरीत दिशाबाट आँउदै गरेको भे ११ प ११८१ नम्बरको मोटरसाइकल गएराती पौने १२ बजे ठोक्किएका थिए।

दुर्घटनामा गम्भिर घाइते भएका ३३९८ नम्बरका मोटरसाइकल चालक बाँकेकै कोहलपुर नगरपालिका–२ का २९ वर्षीय खड्क गुरुङको उपचारको क्रममा कोहलपुर स्थित नेपालगंज मेडिकल कलेजमा मृत्यु भएको हो।

घाइते भएका सोही मोटरसाइकल पछाडी सवार कोहलपुर–२ का २९ वर्षीय राम बहादुर घले र अर्का मोटरसाइकल चालक सुर्खेतको लेकबेसी नगरपालपालिका–८ का ३८ वर्षीय दल बहादुर सारुको सोही अस्पतालमा उपचार भइरहेको छ।

घाइते दुवैजनाको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्