तत्कालका लागि बेलायती प्रधानमन्त्री बोरिसको पद जोगियो



एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाएपछि तत्कालका लागि उनको पद जोगिएको छ ।

तर, आफ्नै पार्टी कन्जर्भेटिभमा जोनसन विरुद्ध बढेको विद्रोह भने उनको लागि निकट भविष्यमा निकै ठूलो समस्या बन्न सक्ने देखिएको हो। पार्टी भित्र गहिरो असन्तुष्टिको बाबजुद उहाँको विरुद्ध परेको अविश्वासको प्रस्तावमाथि मतदान हुँदा उहाँले जीत हासिल गरेका छन् ।

पार्टीका सांसदरूबीच भएको गोप्य मतदानमा जोनसनको पक्षमा २ सय ११ मत प्राप्त भएको छ भने विपक्षमा १ सय ४८ मत प्राप्त भएको हो । सामान्य बहुमतको लागि १ सय ८० मत भए पुग्नेमा जोनसनले २ सय ११ मत प्राप्त गरेका हुन् ।

तर विष्लेषकहरूले भने जोनसनको विरुद्धमा परेको १ सय ४८ भोट सोचेभन्दा निकै बढी भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्